नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (पुस ३) छापावाल सुन प्रतितोला ७ सय रुपैयाँ बढेको हो ।

बुधबार (पुस २)मा छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन चार हजार ५५ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ