साफ महिला फुटसल च्याम्पियनसिप खेल्ने महिला टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी
थानकोट।
थाइल्यान्डमा हुने साफ महिला फुटसल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणमा १७ खेलाडी बोलाइएको छ ।
बुधबार राष्ट्रिय महिला फुटसल टिमका मुख्य प्रशिक्षक विक्रम महर्जनले प्रतियोगिताका निम्ति १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबारै खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।
प्रतियोगिता थाइल्यान्डमा सन् २०२६ को जनवरी १३ देखि २६ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा साफका सातै राष्ट्रिको सहभागिता रहनेछ ।
यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :
अनिता केसी अञ्जली मचामसी, विमला चौधरी, विमल थापा, दीपा राई , जेनिफर राई, झरना डुम्राकोटी (गोलकिपर), झरना नगरकोटी (गोलकिपर), सावित्रा किसन (गोलकिपर), मनिषा थापा मगर, प्रतीक्षा ठकुरी, पूर्णिमा हमाल, रोशनी बोहरा क्षेत्री, साधवी मल्ल, सजिना कोइराला, सुनीलकला राई, सुष्मा तामाङ,













