नेकपा एमाले महाधिवेशनः भूगोल राजधानी विशेष क्लस्टरमा डंगोल विजयी, खड्का दोश्रो

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम सम्पन्न भएसँगै मतमरिणाम सार्वजनिक भइरहेको छ ।

प्राप्त विवरण अनुसार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।

सुनिताले १६६८ मत पाउँदा खड्काले ३३० र थापाले २२९ मत ल्याए ।

यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् ।

उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा थिइन् ।

चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थका खड्का काठमाडाैं क्षेत्र नं. १० बाट यस महाधिवेशनका लागि युवा क्लस्टरमा सर्वसम्मत प्रतिनिधि चयन भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ