‘एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
थानकोट ।
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढिरहेको बताएका छन्।
नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने र वर्तमान सरकार ढल्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।
एघारौँ महाधिवेशनको समापन मन्तव्य दिँदै ओलीले यसका लागि तयार रहन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ।
पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दा मामिला चलाइन सक्छ, ‘उनले भने।
‘एमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ। भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ। यो सरकार पनि ढल्नुपर्छ। त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु, ’उनले भने।













