धादिङका एक युवा तीनथानामा मृत भेटिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका नगरपालिका- १५ तीनथानामा एक युवा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार तीनथानास्थित पशुपति ट्रक्सपोट नजिकै डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका २७ वर्षीय सागर थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।













