अपेनको आयोजनामा यहि शनिबार थानकोटमा प्रथम लिटिल एथ्लेट्स फेस्टिभल सञ्चालन हुने

Thankot Times

थानकोट

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा एशोसियसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)ले आउँदो शनिबार (पाैष ५) पहिलो संस्करणको अपेन लिटिल एथ्लेट्स फेस्टिभल सञ्चालन हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित मंगलोदय मावि हातामा सञ्चालन हुने सो कार्यक्रममा नगर क्षेत्रका विभिन्न २६ विद्यालयका ५२० जना विद्यार्थीले सहभागिता जनाउने अपेन चन्द्रागिरि नगरपालिका सचिव मिन्जु शोभा चित्रकारले जानकारी दिइन् ।

कार्यक्रमका दाैरान ती विद्यालयमा अध्ययनरत ३ देखी ६ वर्ष उमेर समुहका विद्यार्थीहरूबीच विविध खेलको प्रदर्शनी हुने छ ।

चन्द्रागिरि नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विद्यालयका विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । कार्यक्रम बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म जारी रहने आयोजकको भनाइ छ । कार्यक्रमले पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विविध खेल सिकाइ तथा अन्य समकक्षी विद्यार्थीहरूसँग आपसी भाइचारा स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अपेन, मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन हो ।

गतवर्ष चन्द्रागिरि नगरमा विस्तार भएको सो संस्थाको चन्द्रागिरि कमिटिमा हाल विभिन्न १६ विद्यालयले सदस्यता लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ