कस्तो रहला आज शुक्रबारको माैसम ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन्।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी शनिबार पनि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेर बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ