साफ महिला क्लब च्याम्पियनसिप : फाइनल खेलको समय परिवर्तन, शनिबार साँझ ५ बजेबाट खेल सुरु हुने
थानकोट ।
काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलको समय परिवर्तन भएको छ।
शुक्रबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्ति जारी गर्दै फाइनल खेलको समय परिवर्तन भएको जनाएको हो।
यसअघि खेल बेलुका ६ बजे हुने भनिएतापनि प्राविधिक कारणले गर्दा खेल एक घन्टा अघि सारेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस प्रतिष्ठित च्याम्पियनसिपको फाइनल यसअघि शनिबार बेलुका ६ बजेदेखि सुरु हुने भनिएकोमा प्राविधिक कारण बस खेल बेलुका ५ बजेबाट सुरु हुनेछ।’
पहिलो पटक आयोजना भएको उक्त च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र भारतको इस्ट बंगाल क्लबबिच प्रतिस्पर्धा हुँदैछ। गत मंसिर १९ गतेबाट सुरु भएको सो च्याम्पियनसिपमा कुल ५ टोलीले सहभागिता जनाएका थिए।














