मधेश प्रदेश सभामा अनाैठो दृश्य, मुख्यमन्त्री यादवको पक्षमा ‘शतप्रतिशत’ विश्वासको मत

Thankot Times

थानकोट ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उनलाई विश्वासको मत दिएका हुन् ।

उनको पक्षमा प्रदेशसभाको पूरै ९२ मत खसेको थियो ।

उनलाई सत्तापक्षका सबै दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले समेत विश्वासको मत दिएका हुन् ।

६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ