रवि लामिछाने आज दिउँसो २ बजे काठमाडौँ फर्किँदै, विमानस्थलमा स्वागत गर्ने रास्वपा तयारी

Thankot Times

थानकोट ।

तुलसीपुर उच्च अदालतको आदेशबमोजिम थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज शनिबार काठमाडौँ फर्किने भएका छन् ।

रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज काठमाडौँ फर्किन लागेका हुन् ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज १:५० को फ्लाइटबाट लामिछाने काठमाडौँ आउने जानकारी दिए ।

बुर्लाकोटीले सामाजिक सञ्जालमा भनेका छन्– ‘सभापतिज्यू आज १ः५० को फ्लाइटबाट काठमाडौँ आउनुहुनेछ । करिब २ः१५ मा काठमाडौँ एयरपोर्टमा स्वागत गर्ने छौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ