३० वर्षदेखि अमेरिकामा बस्दै आएका एकजना सहित ७५ जना नेपाली डिपोर्ट

Thankot Times

थानकोट ।

अमेरिकामा स्थायी बसोबास (पिआर) पाएर ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन् ।

पिआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले बताएका छन् ।

बिहीबार उनीसहित ७५ जना नेपाली नागरिक निष्कासनमा परेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

चार्टर्ड विमान मार्फत फर्काइएकाहरूलाई सोधपुछ गरेर पठाइएको एसएसपी पङ्गेनीले बताए ।

डिपोर्ट भएका मध्ये दुई जना भिजिट भिसामा गएर लुकेका र ७२ जना अवैध तवरले तल्लोबाटो हुँदै अमेरिका छिरेकाहरू छन् ।

उनीहरूमध्ये ७२ जना पुरुष र ३ जना महिला छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएपछि अहिलेसम्म ६६६ जना अमेरिकाबाट फर्काइएका छन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म ४३९ जना जना नेपाली निष्कासनमा परेका छन् ।

निष्कासनमा परेका आएका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोह विरुद्ध प्रहरीको मानव बेचबिखन ब्युरोमा जाहेरी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *