साफ क्लब महिला च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई, एपीएफ ३-० ले निराश
थानकोट ।
घरेलु टिम एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि उचालेको छ ।
शनिबार (पुस ५) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठ हजार २५३ समर्थकमाझ भएको फाइनल खेलमा इस्ट बंगाललाई उपाधि दिलाउन कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् ।
सिल्किदेवी हमामले एक गोल गरिन् ।













