एसीसी यू-१९ पुरुष एशिया कपको उपाधिका लागि आज भारत र पाकिस्तानबीच खेल हुने

Thankot Times

थानकोट ।

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् ।

फाइनल खेल यूएईको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकेडेमीमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।

सेमिफाइनलमा भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई समान ८ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । भारत र पाकिस्तान एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो ।

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पनि सहभागिता जनाएको थियो । एउटा पनि खेल नजितेको नेपाल समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा आठ वटा टोली सहभागि थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ