सुनको मूल्यमा गिरावट
थानकोट ।
यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा बहुमूल्य धातु सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य मात्रामा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो ।
आज प्रतितोला दुई लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार (पुस ४) मा प्रतितोला दुई लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ सय रुपैयाँ बढेर चार हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















