यू-१९ पुरुष एसिया कपको उपाधि पाकिस्तानको पक्षमा, फाइनलमा भारतको लज्जास्पद हार

Thankot Times

थानकोट ।

पाकिस्तान एसीसी यू–१९ एसिया कपको च्याम्पियन बनेको छ ।

आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा भारत २६.२ ओभरमा १५६ रनमै समेटियो । 

भारतबाट नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका दीपेश देवेन्द्रनले सर्वाधिक ३६ रन बनाए । ओपनर वैभव सूर्यवंशीले १० बलमा २६ रन जोडे । खिलाल पटेलले १९, रोग जर्जले १६ र अभिज्ञान कुन्डुले १३ रन थपे । भारतलाई सस्तैमा समेट्न पाकिस्तानका अली राजाले चार विकेट लिए । ६.२ ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए । मोहम्मद सायम, अब्दुल सुभन र हुजैफा अहसानले समान दुई विकेट लिए । 

त्यसअघि ओपनर समीर मिन्हासले शानदार इनिङ खेलेपछि टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४७ रनको विशाल योगफल खडा गरेको थियो । 

पाकिस्तानका ओपनर मिन्हासले सर्वाधिक १७२ रन बनाए । उनले ११३ बलमा १७ चौका र नौ छक्का प्रहार गरे । अहमेद हुसैनले ५६ रन जोडे । उस्मान खानले ३५, कप्तान फर्हान युसुफले १९ र अर्का ओपनर हम्जा जहुरले १८ रन थपे । 

भारतका दीपेश देवेन्द्रनले तीन विकेट लिए । हेनिल पटेल र खिलान पटेलले समन दुई विकेट लिँदा कनिस्क चौहानले एक विकेट हात पारे । 

सन् १९८९ देखि सुरु भएको प्रतियोगिताले १२ संस्करणको विजेता पाउँदा पाकिस्तान दोस्रो पटक च्याम्पियन बनेको हो । पाकिस्तान यसअघि सन् २०१२ मा संयुक्त रुपमा च्याम्पियन बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *