टी-२० विश्वकप क्रिकेटका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा

Thankot Times

थानकोट ।

आगामी वर्ष हुने टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ‌।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई डाकेको हो ।

क्यानले विश्वकपका निम्ति अन्तिम टिम बनाउन पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेसमेत जनाएको छ ।

भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ ।

जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *