थानकोटमा कालो धुँवा पुत्पुताउँदै कुद्ने ४० वटा सवारी साधनमाथि ट्राफिक प्रहरीको कारबाही

Thankot Times

थानकोट ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आइतबार (पाैष ६) दिउँसो थानकोटमा गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

सो टोलीले ६० वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकहरुलाई अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *