मधेस प्रदेश सभामुखमा रामअशीष यादव निर्वाचित

Thankot Times

थानकोट ।

मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशीष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश सभाबाट आइतबार सभामुखमा निर्वाचित भएका यादवले शपथ ग्रहण गरेका हुन् ।

उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।

यसअघि आइतबार बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए ।

उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उमेदवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *