नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस ७) मा छापावाल सुनको मूल्य दुई लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा सुनको मूल्य यो हालसम्मकै उच्च हो ।

हिजो आइतबार (पुस ६) तोलाको दुई लाख ५८ हजार ३ सय कायम भएको सुनको मूल्यमा आज तोलामा ३४ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ सोमबार तोलामा १ सय ३० रुपैयाँ बढेको छ ।

हिजो आइतबार प्रति तोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदीको भाउमा सोमबार १ सय ३० रुपैयाँ बढेको हो।

यसदिन चाँदी प्रति तोला चार हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ