कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको छ ।

सोमबार (पुस ७) ओली देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित उनको निवास पुगेका हुन् ।

ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।

भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् । गएको मंसिर २९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पती बूढानीलकण्ठस्थित निवासमा कुटिएका थिए । ओली दम्पती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकोप्टरमार्फत बाहिरिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *