मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ ।

सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता जारी रहेकाे स्रोतको दाबी छ ।

छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल छन् भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी छन् । 

चुनावी तालमेल सहित सहकार्यको विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

फाइल फोटो 


Leave a Reply

Your email address will not be published. Required fields are marked *