राप्रपा नेता पशुपति शमशेर राणा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट चुनाव लड्न सिफारिस

Thankot Times

थानकोट ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का ४ जनाको नाम सिफारिस गरिएको छ ।

सोमबार क्षेत्रीय कार्यसमितिले पशुपति शमशेर राणासहित ४ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

यस्तै कुमारी तामाङ, गोपिकृष्ण चौलागाई, देवराज गुरुङको नाम सिफारिस गरिएको हो ।

क्षेत्रीय कार्यसमितिले समानुपातिक खस/आर्यतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा उदय सापकोटा,बाबुराम खड्का,अमर बहादुर पण्डित,चिरञ्जीवी खनाल र हरि नेपाल रहेका छन् ।

समितिले समानुपातिकतर्फ-आदिवासी जनजाति ७ जना,जनजाति महिला ३ जना र समानुपातिक महिलातर्फ २ जनाको नाम सिफारिस गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *