राष्ट्रिय सभा निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

Thankot Times

थानकोट ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

आयोगको पुस ७ गते बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम उनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन् ।

नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *