राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदै, पुस १६ मा घोषणा सभा कार्यक्रम
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता हुने भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्ने समझदारीमा हस्ताक्षर गरेका छन् ।
बुधबार (पुस ९) दुई पार्टीबीच एकता हुने सहमति भएको हो ।
पार्टी एकताको घोषणा भने यही पुस १६ गते राष्ट्रिय सभा गृहमा हुने जनाइएको छ ।















