राप्रपाले २०६४ पछि अवसर पाएका नेतालाई समानुपातिकमा नसमेट्ने
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ०६४ सालपछि समानुपातिक उमेदवार बन्ने अवसर प्राप्त गरेकालाई समानुपातिकको सूचीमा नसमेट्ने भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले भने, “हामीले ०६४ पछि अवसर प्राप्त गरेकाको नाम समानुपातिकको सूचीमा नराख्न जिल्लालाई सर्कुलर गरेका छौँ ।”
यही पुष ११ गतेभित्र समानुपातिक सूची पठाउन जिल्लालाई भनिएको पनि उनले बताए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक उमेदवारका लागि केहीको नाम आइसकेको र आउने क्रम जारी रहेको श्रेष्ठले जानकारी दिए ।














