चन्द्रागिरि नगरले खुलायो भवन निर्माणदेखि सडक निर्माणसम्म करोडाैंको ठेक्का
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले विभिन्न आयोजना सञ्चालनका लागि ठेक्का आह्वान गरेको छ ।
बुधबार एक सार्वजनिक सूचनामार्फत नगरले सडक निर्माण, इटाखेल-मातातिर्थ सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ७२ लाख ७४ हजार रुपैयाँको ठेक्का आह्वान गरेको छ ।
यस्तै, पुरानो नैकापस्थित गणेशमान सिंह स्मृति पोलिटेक्निक इन्स्टिच्यूटको भवन निर्माणका लागि ९८ लाख ९८ हजार रुपैयाँको ठेक्का आह्वान गरेको छ ।
यसैगरी हाइभिजन वाणस्थली टोलबाट आकाशटोल जाने सडक स्तरोन्नतिका लागि ४८ लाख ४९ हजार रुपैयाँको ठेक्का आह्वान भएको हो यी ठेक्का आह्वान गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

















