सुनको भाउमा गिरावट
थानकोट ।
नेपाली बजारमा आज बिहीबार (पुस १०) सुनको मूल्य घटेको छ ।
यश दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५ सय रुपैयाँ कायम छ । बुधबार (पुस ९) छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ४ सय रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला चार हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।















