बालाजुमा ट्रिपर र मोटरसाइकल ठोक्किए, एक जनाको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारा मन्दिरनजिकै टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको निधन भएको छ ।

बुधबार राति साढे १० बजे बागमती प्रदेश ०१–००६ ख ३४५४ नम्बर ट्रकले लु ५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट सडकमा बजारिएका मोटरसाइकल सवार दुईजनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका–५ घर भई बसुन्धारा बस्ने २१ वर्षीय सागर खड्का छन् ।

त्यस्तै, सन्धिखर्क नगरपालिका घर भई हाल बालाजु हाइटमा बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएका छन् ।

घाइते राउन बोल्न सक्ने अवस्थामा नरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले बताए । उनका अनुसार, घाइते राउतको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *