नैकापबाट समातिए २४ वर्षीय युवा, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१३ नैकाप पनेरू टोलबाट नियन्त्रित लागूऔषधसहित २४ वर्षीय युवा पक्राउ परेका छन् ।

डाईजेपाम ७२ एम्पुल, प्रोमेथाजाइन ७२ एम्पुल, बुप्रेनोर्फिन ७२ एम्पुल र ट्रामाडोल १० ट्याब्लेटसहित नैकाप बस्ने २४ वर्षीय युवालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *