बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त
थानकोट ।
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेका छन् ।
शर्माले परराष्ट्रमन्त्रीका रूप पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (पुस ११) आयोजित समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले अवकाशप्राप्त जर्नेल शर्मालाई परराष्ट्र मन्त्रीमा सिफारिस गरेकी हुन् ।
शर्माले विगतमा माओवादी लडाकु समायोजन प्राविधिक समितिको संयोजक भएर काम गरेका थिए ।
यो सँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १५ जनाको बनेको छ ।













