प्रतिनिधि सभा सदस्य निर्वाचनः धादिङका दुवै निर्वाचन क्षेत्रबाट नेकपाले गर्‍यो उम्मेदवार सिफारिस

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टीले धादिङको दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ।

दुवै निर्वाचन क्षेत्रले गरेको सिफारिस बमोजिम शुक्रबार जिल्ला कार्यदलको बैठक बसेर प्रदेश र केन्द्रीय समितिमा उम्मेदवारको सूची पठाइएको नेकपाका धादिङ जिल्ला संयोजक मनराज भण्डारी ‘शैलेस’ले जानकारी दिए।

क्षेत्रीय समितिले राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारको सूची जिल्ला कमिटीलाई पेस गरेको थियो।

सोही अनुसार धादिङ जिल्ला कार्यदल बैठकले दुवै क्षेत्रबाट सिफारिस भएको नामावली एकीकृत गरी प्रदेश र केन्द्रीय समितिमा पठाएको हो।

धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभातर्फ शालिकराम अर्याल नाम सिफारिस भएको छ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, सुवास खतिवडा, कुमारप्रसाद पाण्डे, दीपक लामिछाने ‘सुवोध’, पित्तबहादुर डल्लाकोटी ‘हरि’, उर्मिला श्रेष्ठ, विवेक पोखरेल सिफारिस भएका छन्।

अघिल्लो निर्वाचनमा तत्कालीन एकीक‍ृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका थिए। अहिले उनी पहिलो नम्बरमा नेकपाबाट सिफारिस भएका छन्।

समानुपातिकतर्फ सीता ढुंगाना, संगीता कँडेल, गंगोत्री चौलागाइँ, गंगालाल तुलाधर, सूर्यबहादुर तामाङ, खेमराज भुजेल, बुद्ध गुरूङ, हिराबहादुर थापा मगर, रामशरण सिञ्चुरी, विकास विश्वकर्मा, शिवराज कँडेल, भरतकुमार बराकोटी सिफारिस भएका छन्।

क्षेत्र नम्बर २ बाट राष्ट्रिय सभा सदस्यका लागि विष्णुपुकार श्रेष्ठ, गुरूप्रसाद बुर्लाकोटी, मोहनबहादुर कार्की र रामप्रसाद सापकोटा ‘कमल’ सिफारिस गरिएको संयोजक भण्डारीले जानकारी दिए।

प्रतिनिधि सभाको प्रत्यक्षमा रामबहादुर भण्डारी, पुष्पविक्रम मल्ल, अञ्जन थापा ‘कुमार’, नवराज गौली, अनील रिजाल, जगत सिंखडा, सरला धमला, शिशिर तामाङ सिफारिस भएका छन्।

समानुपातिकतर्फ इन्दिरा ढुंगाना, सरला धमला, लिलामणि न्यौपाने, अप्सरा सिंखडा, कृष्णबहादुर दाहाल, शोभा डंगोल, वेदनिधी अधिकारी, लक्ष्मी थापामगर, तिलक थापामगर, भीम परियार, रामबहादुर बसेल, उमेश घले, सन्दीप स्याम्चेन तामाङ, शान्तविक्रम बानियाँ, शेरबहादुर तामाङ ‘शिलस’, एलिजर तामाङ र गुरू बुर्लाकोटी सिफारिसमा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *