साफ महिला फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

Thankot Times

थानकोट ।

थाइल्यान्डको बैंककमा हुने साफ महिला फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने भएको हाे । नेपालले पहिलो पटक महिला फुटसलमा सहभागिता जनाउन लागेको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल र श्रीलंकाबीच पहिलो खेल १३ जनवरी अर्थात यहि पुष २९ गते हुनेछ। नेपालले दोस्रो खेल भने आगामी माघ १ गते माल्दिभ्ससँग खेल्ने भएकाे छ ।

त्यस्तै, माघ ३ गते भारतसँग भीड्दा माघ ५ मा बंगलादेशसँग र माघ ११ मा भुटानसँग भिडन्त तय भएको हाे।नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *