नेपाल अध्यापक सङ्घको अध्यक्षमा भोलानाथ चालिसे, बागमतीबाट चन्द्रागिरिकी सुजना श्रेष्ठ सदस्य

Thankot Times

थानकोट ।

निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन संघको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ।

शुक्रबार सम्पन्न सङ्घ प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा टंक गैर, उपाध्यक्षमा सुदीप बर्ताैला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित गरेको छ।

यसैगरी, कोषाध्यक्षमा दीपकराज गौतम र उपमहासचिवमा ओमनाथ कडरीया, उदयकुमार नेपाली, देवकान्त काफ्ले, लक्ष्मण प्रधान, सुजाता कार्की, सोहनप्रसाद गुप्ता, हरिशरय खतिवडा निर्वाचित भएका छन्।

संघको सहकोषाध्यक्षमा गीता गिरी, राजुप्रसाद दुवाडी चयन हुँदा प्रदेशगत केन्द्रीय सदस्यहरूमा कोशीबाट भाष्कर निराैला, अस्मिन निराैला, मधेशबाट सुविन कुमा यादव, सुजित कर्ण, गण्डकीबाट डोलराज पंगेनी, रामकृष्ण दंगाल, लुम्बिनीबाट शंकर भण्डारी, सुमन प्रसाद अधिकारी, कर्णालीबाट सत्तल रोकाया, सविन विष्ट, सुदूरपश्चिमबाट उमेश बजगाइँ, अदिती गिरी चयन भएका छन् ।

बागमती प्रदेशबाट सुजना श्रेष्ठ, विनय अधिकारी, दीपक खड्का, किरण भुषाल, विश्वअवतार घले, विष्णुहरि थापा, कविता विष्ट, शैलजा न्याैपाने, सुनकृष्ण श्रेष्ठ, दमोदर दाहाल, मातृका उपाध्याय, दीपकबहादुर शाही निर्वाचित भएका छन् । सुजना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाकी स्थानीय हुन् ।

सङ्घको स्थापना २०७९ साउनमा कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा भएको थियो। निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो।

संघको मनोनित सदस्यहरूमा रमेश खड्का, प्रकाश श्रेष्ठ, किशोरप्रसाद जोशी, मुकुन्दनाथ अमगाइँ, चुडाप्रसाद उप्रेती, सुरज विष्ट र देवेन्द्राज सापकोटा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *