मच्छेगाउँमा आज स्वास्थ्य शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

आज शनिबार चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।

वडा कार्यालय र मेडपोइन्ट अस्पतालको संयुक्त संयोजनमा स्थानीय नारायणजन मावि परिसरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन हुन लागेको बताइएको छ ।

बिहान १० बजेबाट सुरु हुने उक्त शिविरमा मधुमेह,थाइराइड, मुटु तथा रक्तचाप, दन्त लगायतका रोगका विशेषज्ञ सेवा उपलब्ध हुने बताइएको छ ।
शिविर अपरान्ह ४ बजेसम्म जारी रहने वडाध्यक्ष अच्युत अधिकारीको भनाइ छ ।
स्वास्थ्य शिविर हुने बारेको सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *