पुस १५ मा राष्ट्रिय च्याउ दिवस मनाइँदै

Thankot Times

थानकोट ।

सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए । उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको पनि जानकारी दिए ।

“हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय भएको छ । नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय भएको छ,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *