कुलमानलाई भेट्दै बालेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेट हुनुअघि कुलमान घिसिङसँग भेटवार्ता गर्ने भएका छन् । बालेननिकट स्रोतले दिएको जानकारीअनुसार केहीबेरपछि यी दुईबीच भेट हुनेछ । स्थान भने गोप्य राखिएको छ ।

आजै बालेन र रविबीच भेटवार्तामा एकता हुन लागेको सहमतिमा हस्ताक्षर गर्ने भनिएको थियो । तर, रास्वपाको अडानले घिसिङसँग छलफल गरेर मात्रै सहमतिमा हस्ताक्षर गर्ने सोचमा छन् बालेन ।

हिजो दुई पक्षबीचका दोस्रो तहका प्रतिनिधिले सहमतिको खाका तयार पारेका थिए । सो सहमति बालेन र रविसमक्ष राखेपछि टुङ्गोमा पुग्ने भनिए पनि ठोस निष्कर्ष आउन सकेन ।

शनिबार वान टु वान बैठक गरेर रास्वपासँग मिलेर जाने या एक्लै (बालेन–कुलमान) जाने भन्नेबारे शनिबार साँझसम्म यकिन हुने बालेन पक्षको भनाइ छ ।

शुक्रबार सहमतिका लागि बनाइएको खाकामा भने रास्वपालाई अगाडि बढाउने, चुनाव चिह्न घण्टीलाई नै मानेर जाने उल्लेख छ । जसमा  बालेन, कुलमान र जेन–जी प्रतिनिधित्वका लागि निश्चित हिस्सा छुटाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *