राष्ट्रपति पाैडेलसँग पूर्व प्रधानमन्त्री खनाल र नेपालले गरे छुट्टाछुटै भेट
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच राष्ट्रपति निवास शीतलनिवासमा भेट भएकाे हाे ।
करिब एक घण्टा चलेको छलफलमा तोकिएकै समयमा निर्वाचन गराउने, शान्तिसुरक्षा चुस्त बनाउने र सबै दल तथा समूहलाई मिलाएर निर्वाचनमा लैजानेबारे छलफल भएको जनाइएकाे छ। विभिन्न १६ दल तथा घटक मिलेर बनेको नेकपा निर्वाचन नै अबको निकास हो भन्ने निष्कर्षका साथ अघि बढेकाे दल हाे।
चुनावी वातारण बनाउन सरकार र दलहरूबीच समन्वयको भूमिका खेल्दै आएका राष्ट्रपति पौडेलले शनिबार नै नेकपाकै अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेका थिए।













