चन्द्रागिरिमा थपिए ४ हजार ५ सय ७४ जना मतदाता, कुन वडामा कति मतदाता थपिए ? (सूचीसहित)*

Thankot Times

थानकोट ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

शनिबार (पुस १२) निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो ।

“संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

“प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित अन्तिम मतदाता नामावली अनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रमा ४ हजार ५ सय ७४ जना मतदाता थपिएका छन् ।

२०७९ को चुनावमा यहाँ ४८१७३ थिए । जसमा ४५७४* जना मतदाता थपिएसँगै नगर क्षेत्रका कुल मतदाताको संख्या ५२७४७ पुगेको छ ।

चन्द्रागिरि नगरका कुन वडामा कति मतदाता छन सूची हेराैं

*यसअघि तथ्यांकमा केही त्रुटी भएकोमा भुलसुधार गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *