चन्द्रागिरि-४ थानकोटमा थपिए २०४ जना मतदाता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा २०४ जना मतदाता थपिएका छन् ।
शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि २०४ जना मतदाता थपिएका हुन् ।
२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ३७२९ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ३९३३ जना पुगेको हो ।
यस वडामा दुई मतदान केन्द्र निर्धारण गरिएको छ ।
















