एमालेको ११ औं महाधिवेशनपछि पहिलोपटक सचिवालयको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेन्डा बनाएर आज (आइतबार) बैठक बोलाइएको हो।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिनु भयो। एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिती र शनिबार (हिजो) प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकमा जानकारी गराउने कार्यसूची छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि आइतबार समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीको नाम सङ्कलन गरेर पार्टी अध्यक्ष र महासचिव सहितका नेताहरूले नामको छोटो सूची तयार गर्नु भएको छ।

बैठकमा विभिन्न नेताहरूले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर आइतबार नै निर्वाचन आयोगमा बुझाउने तयारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *