बिहान ११ बजेका लागि डाकिएको नेकपा एमाले सचिवालय बैठक दिउँसो २ बजेका लागि सारियो
थानकोट ।
नेकपा (एमाले) सचिवालय बैठकको समय सारिएको छ ।
आज (पुस १३) बिहान ११ बजेका निम्ति तय बैठकको समय सारिएको हो ।
अब बैठक आजै दिउँसो २ बजे बस्ने एमाले नेताहरूले जानकारी दिएका छन् ।
समानुपातिक उमेदवारको अन्तिम सूची तयार गर्ने बैठकको मुख्य एजेन्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उनले बताए ।
निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आज र भोलि (पुस १३ र १४) समानुपातिक उमेदवारको बन्दसूची बुझाउने मिति तोकेको छ ।














