चन्द्रागिरि-८ मातातिर्थमा थपिए ३७७ जना मतदाता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थमा ३७७ जना मतदाता थपिएका छन् ।
शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि ३७७ जना मतदाता थपिएका हुन् ।
२०७९ मंसिरको आम निर्वाचनमा यहाँ ३७९७ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ४१७४ जना पुगेको हो ।
यस वडामा जनविकास मावि मतदान केन्द्र निर्धारण गरिएको छ ।















