चन्द्रागिरि-१० सतुङ्गलमा थपिए २८६ जना मतदाता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँमा २८६ जना मतदाता थपिएका छन् ।

शनिबार (पुस १२) निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूची अनुसार यस वडामा २०७९ को आम निर्वाचनपछि २८६ जना मतदाता थपिएका हुन् ।

२०७९ मंसिरको आम निर्वाचनमा यहाँ २८६१ जना मतदाता रहेकोमा सो संख्या बढेर हाल ३१४७ जना पुगेको हो ।

यस वडामा दुई मतदान केन्द्र निर्धारण गरिएका छन् ।

जसमा भैरवनाथ विद्यालय परीक्षा केन्द्र र  नारायणजन मावि मतदान केन्द्र निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *