कार्यकाल सकिएपछि उपसभामुख रानाले संसद् सचिवालयलाई बुझाइन् गाडी

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।

आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।

उपसभामुख रानाले दुईवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् ।

त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।

संविधानअनुसार उमेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने भनिएको छ ।

निर्वाचन आयोगका अनुसार, आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरू भएको छ ।

भोलि १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *