बागमती प्रदेश डजबल संघको अध्यक्षमा महेन्द्र बिष्ट निर्वाचित

Thankot Times

थानकोट ।

बागमती प्रदेश डजबल संघको अधिवेशन तथा साधारण सभा शनिबार (पौष १२ गते) सम्पन्न भएको छ ।

अधिवेशनबाट महेन्द्र बिष्ट अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला, कोषाध्यक्षमा रूपश्री ढुंगाना तथा सदस्यहरूमा मन्दिरा कुमारी दहाल, शोभा श्रेष्ठ, लक्ष्मण सुनार, विकास अधिकारी र राजाराम पण्डित क्षेत्री निर्वाचित भएका छन् । साथै, विजय कृष्ण महर्जन र कपूर थापा उपाध्यक्ष पदमा मनोनीत भएक छन् भने हरिवंश पराजुली सदस्य पदमा मनोनीत गरिए।

कार्यक्रममा हालै मलेसियामा सम्पन्न एसियन डजबल च्याम्पियनसिप २०२५ मा सहभागी भई स्वदेश फर्किएका राष्ट्रिय डजबल टोली तथा उक्त प्रतियोगितामा सहयोग पुर्‍याउने प्रायोजक एवं सहयोगी संस्थाहरूलाई सम्मान गरिएको थियो ।

अधिवेशन, बागमती प्रदेशमा डजबल खेलको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने
प्रतिबद्धतासहित सम्पन्न गरिएको आयोजक बागमती प्रदेश डजबल संघले जनाएको छ ।

कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, नेपाल डजबल महासंघका संयोजक अरुण तिमल्सिना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्व निर्देशक एवं खेलविज्ञ केशव राज गौतम, ललितपुर जिल्ला डजबल संघका अध्यक्ष सुरज राज थला, काठमाडौँ जिल्ला डजबल संघका अध्यक्ष भीष्मराज ढकाल, काभ्रे जिल्ला डजबल संघका उपाध्यक्ष रामचन्द्र देउजा, पुष्पलाल मेमोरियल स्कूलका प्रधानाध्यापक नारायण बाबु तिम्सिना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *