समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने एमालेको निर्णय

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सोमबारसम्म समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार जिल्ला र प्रदेशबाट प्राप्त उम्मेदवार सूचीलाई अन्तिम रूप दिएर आयोगमा पेश गरिनेछ।

उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत समानुपातिकतर्फको बन्दसूचीमा छलफल भएको र आवश्यक परेमा सूची सच्चाएर आयोगमा पठाउने निर्णय पनि भएको जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन वातावरण पूर्ण रूपमा सुरक्षित नभएको र पार्टीका नेता तथा कार्यकर्तालाई बुथ–स्तरसम्म पुग्ने अवस्था तयार नभएको बताएका छन्। उनले प्रत्येक बुथमा पार्टीको जनवर्गीय संगठन नेशनल भोलिन्टियर्स फोर्स राख्नुपर्नेमा जोड दिए ।

यो सचिवालय बैठक एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक बसेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *