बालश्रमुक्त नगर घोषणाका लागि आज चन्द्रागिरि आउँदै बागमतीका मुख्यमन्त्री बानियाँ
थानकोट ।
चन्द्रागिरि नगरपालिकालाई आज (पुस १४ गते) बालश्रम मुक्त स्थानीय तह घोषणा गरिँदै छ ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अहिले बिहान ८ः३० बजे नगरपालिका भवनमा विशेष समारोह संयोजन हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
हालसम्म नगरका १५ वडामध्ये १४ वटा वडा बालश्रममुक्त वडा घोषणा भइसकेको छ भने १२ नम्बर वडा मात्र घोषणा हुन बाँकी रहेको छ । सोमबार सो वडा पनि बालश्रममुक्त वडा भएसँगै समग्र नगर नै बालश्रममुक्त क्षेत्र हुने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ ।
बिहान ७ः३० बजे बलम्बुबाट झाँकीसहित प्रभातफेरि सुरु हुनेछ, सो पश्चात नगरपालिका प्राङ्गणमा एक समारोहका बीच घोषणा सभा सुरु हुनेछ
















