फागुन-२१ को निर्वाचनः समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन
थानकोट ।
प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् ।
निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो ।
आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ ।
आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।














