एनभीए च्याम्पियनसिप : न्यु डायमन्डको लगातार दोस्रो जित

Thankot Times

थानकोट ।

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ  ।

न्यु डायमन्डले सोमबार दोस्रो जित निकाल्ने क्रममा विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले यसअघि पहिलो खेलमा चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको यो खेलमा न्यु डायमन्डले २५–१७, २५–१७ र २५–१७ को नतिजा निकालेको थियो ।

जितसँगै न्यु डायमन्डले प्रतियोगितामा ६ अंक जोडेको छ । अब न्यु डायमन्डले प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा एभरेष्ट भलिबल क्लबसँग खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *