सतुङ्गलमा हिंडिरहेका १७ वर्षीय किशोरले पैसाको बन्डल भेटेपछि……….
थानकोट ।
चन्द्रागिरि नगरमा बाटोमा भेटिएको करिब ५० हजार रूपैयाँ एक युवाले प्रहरीमार्फत् सम्बन्धित धनीलाई बुझाएका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका-१० स्थायी घर भएका १७ वर्षीय जेनिस खडायतले आइतबार बिहान बलम्बुमा उक्त रकम भेटाएका थिए ।
सतुंगल चोकचन्दा २०० मिटर भित्रपट्टिको बाटोमा फेला पारेको पैसाको बन्डल खडायले तत्कालै प्रहरी प्रभाग बलम्बुमा बुझाएका थिए ।
प्रहरीले रकम गन्दा उक्त बन्डलमा ४८ हजार ४०० रहेको थियो ।
प्रहरी प्रभाग बलम्बुले आइतबार नै पैसा हराउने व्यक्ति गुल्मी स्थायी घर भएका अनिल केसीलाई सो रकम जिम्मा लगाएको थियो ।
केसी हाल बलम्बुमै मासु पसल सञ्चालन गर्दै आएको पाइएको छ ।
खडायले फेला पारेको पैसा प्रहरीमार्फत आफूले प्राप्त गरेपछि उनले खडायतलाई घरमै गएर सम्मान गरेका छन् ।
जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गरेको र इमानदारिता प्रदर्शन गरेको भन्दै केसीले खडायतको प्रसंशा गरे । खडायत त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा कानून पढिरहेका छन् ।
लोकान्तरबाट
















